‘सक्किगोनि’का कलाकार आचार्यसहित तास खेलिरहेका ११ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा चर्चित कलाकार पुरुषोत्तम आचार्यसहित ११ जना पक्राउ परेका छन् । उनले टिभी सिरियलमा प्रहरी इन्सपेक्टरको भूमिका निर्वाह गर्दै आएका छन् ।

काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताए ।

पक्राउ पर्नेहरुमा एमालेका नेता तथा कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेकै कोशी प्रदेश कमिटी सचिवालय सदस्य महेश किराती, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूवअध्यक्ष बीरबहादुर राई, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महत छन् ।

प्रहरीले उनीहरुको साथबाट नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ

प्रतिक्रिया
सम्बन्धित खवर