देश छिट्टै पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको छ – प्राधिकरण कुलमान

पाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देश पूर्ण विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको बताएका छन् । शुक्रबार विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

“आठ वर्षअघि २९ लाख ७० हजार विद्युत् ग्राहक थिए, हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ । बिकट बस्तीको पहिचान गरेर विद्युतीकरण गर्ने कार्य भइरहेको छ,” कार्यकारी निर्देशक घिसिङले भने, “अब देश छिट्टै पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको छ ।”

आर्थिक वर्ष २०७२÷७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र रहेको उनले जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर