यमन खनालकाे तीज गीत ‘पल्टन घरमा तिज’ सार्वजनिक (भिडियो)

काठमाडौं : पछिल्लो समय तीज गीतहरू दैनिक आधा दर्जन बढी रिलिज भइरहेका हुन्छन्। रिलिज भएका कतिपय गीतले तारिफ बटुलिरहेका छन् त कतिपय गीतले आलोचना पनि। यसैबीचमा तीज गीत ‘पल्टन घरमा तिज’ पनि बजारमा रिलिज भएको छ।

गायक सर्जक यमन खनालकाे पल्टन घरमा आवद्व महिला कर्मचारी लक्षित तिज गित ‘पल्टन घरमा तिज’ बजारमा भर्खरै मात्रमा सार्वजानीक भएकाे हो।

यो गीत केही दिन अघि मात्रै रिलिज भएको हो। गीतमा रन्जिता विकको सुमधुर आवाज रहेको छ। गीतको शब्द अनि संगीत यमन खनालको रहेको छ।यता भिडियोमा भने एपि एल्बममा आबद्व कलाकारहरु नाँचेको देख्न सकिन्छ।

भिडियोलाई निर्मला नेपालले निर्देशन गरेका हुन्।आकर्षक फ्रेम अनि लोकेसनमा सुनिल भण्डारीले खिचेको भिडियोलाई  राेशन धितालले सम्पादन गरेका हुन्। भिडियो यमन खनाल को अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर