आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा, जावलाखेलमा भोटोजात्रा

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले राताे मच्छिन्द्रनाथकाे भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा तीन जिल्ला(काठमाडौं भक्तपुर र ललितपुर)मा सार्वजनिक बिदा दिएको हो ।

यसदिन राष्ट्रपतिकाे उपस्थितिमा गुठी संस्थानकाे प्रतिनिधिले रथकाे चारै दिशामा भाेटाे देखाउने गरिन्छ । मच्छिन्द्रनाथ रथ ललितपुरकाे जाउलाखेलमा पुर्‍याइएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित खवर