दुर्घटनामा बाँचेका पाइलट शाक्य अस्पतालबाट डिस्चार्ज तयारी

सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यलाई डिस्चार्ज गर्ने तयारी भएको छ।

बुधबार चिकित्सकहरूले शाक्यका परिवारलाई डिस्चार्ज गर्न अनुमति दिएका हुन्।

साउन ९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।

जहाजमा १९ जना सवार थिए। जसमध्ये १८ जनाको मृत्यु भएको थियो। दुर्घटनामा क्याप्टेन शाक्यको भने ज्यान जोगिएको थियो। सेना र प्रहरीले मिलेर उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल पुर्‍याएका थिए।

त्यहाँ सघन उपचार कक्ष (आइसियू)मा राखेर उनको उपचार भएको थियो।  दुई दिनपछि स्वास्थ्य सुधारउन्मुख देखिएपछि उनलाई क्याबिनमा सारिएको थियो।

आज अस्पतालले क्याप्टेन शाक्यलाई पत्रकारसँग साक्षात्कार गराउने तयारी गरेको थियो । ठूलो संख्यामा सञ्चारकर्मी अस्पतालमा उपस्थित भएका थिए । तर, नागरिक उड्डयन प्राधिकरणले अहिले उनलाई नबोल्न निर्देशन दिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर