आज दिउँसो यी पाँच प्रदेशमा हुनेछ भारी वर्षा, सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा माथि र पूर्वमा सरदर स्थानको आसपास अवस्थित छ ।

अहिले देशभर आंशिकदेखि साधारणतया बदलीका साथै बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ । मधेश, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर