बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् ।

मंगलबार बसेको बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले राख्नुभएको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो । मत सम्बन्धी प्रस्तावमा भएको मत विभाजनका क्रममा मुख्यमन्त्री लामालाई ६४ मत प्राप्त भएको थियो भने विपक्षमा ३५ मत प्राप्त भएको थियो । त्यस्तै ३ सांसद तटस्थ बसेका थिए ।

बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाको पक्षमा आएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

 

प्रतिक्रिया
सम्बन्धित खवर