सौर्य जहाज दुर्घटना: आफन्तलाई बुझाउन थालियो शव

गत बुधबार दुर्घटना भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाको शव परिवारलाई बुझाउन थालिएको छ।

त्रिवि शिक्षण अस्पतालमा राखिएका शवहरूको पहिचान सहितको पोस्टमार्टम सकिएपछि परिवारलाई बुझाइएको अस्पतालमा शवहरूको व्यवस्थापनमा खटिएका एक प्रहरीले बताए।

शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट चार शव परिवारले बुझेका हुन् ।

को-पाइलट सुशान्त कटुवाल, राजाराम आचार्य, अस्विन निरौला र श्याम बिन्दुकरको शव आफन्तले बुझेको त्रिवि शिक्षण अस्पताल स्रोतले जनाएको छ।

तर केही परिवारले भने बीमा, क्षतिपूर्तिलगायतका विषय स्पष्ट नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।

 

प्रतिक्रिया
सम्बन्धित खवर