टीआरसी सम्बन्धी कार्यदलको बैठक जारी

 संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक शुरु भएको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषयलाई टुंग्याउने बताइएको छ ।

कार्यदलमा एमालेका महेश बर्तौला, माओवादी केन्द्रका जनार्दन शर्मा र कांग्रेसबाट गृहमन्त्री समेत रहेका रमेश लेखक रहेका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पीडितलाई केन्द्रमा राखेर टुंग्याउनका लागि असहमतिका चार बुँदामा सहमतिका लागि दलहरुबीच निरन्तर छलफल भइरहेको छ।

सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा संलग्नहरुलाई प्रचलित कानुनमा भएभन्दा ७५ प्रतिशतसम्म कम सजाय गर्नसक्ने व्यवस्था गर्न प्रमुख तीन दल सहमत देखिएका छन् । नेताहरुका अनुसार बाँकी विषयमा सहमति खोजेर शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ ।

त्यस्तै कार्यदलले आज अन्तिम प्रतिवेदन तयार गरेर शीर्ष तहलाई बुझाउने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर