स्वात्तै घट्यो कुखुराको मासुको मूल्य,अब प्रतिकिलो ३४० रुपैयाँ

व्यवसायीहरूले कुखुराको मासुको मूल्य घटाएका छन् । साउन लागेसँगै मासु खपत कम भएकाले मूल्य प्रतिकिलो ८० रुपैयाँले घटाइएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेले जानकारी दिए ।

जसअनुसार गत महिना ४२० रुपैयाँ प्रतिकिलो पर्ने मासुको खुद्रा मूल्य हाल घटेर ३४० रुपैयाँ कायम भएको छ । अहिले उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भएको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर