रबिन गहतराजको“आकाशको जुन ”सार्बजनिक (भिडियो हेर्नुस्)

काठमाडौं : त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् । कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् ।

यसैबीच, कान र आँखालाई आनन्द दिने पछिल्लो समय धेरैको मन मुटुमा बसेका गायक रविन गहतराज, शारदा रसाईलीको स्वर रहेको  नयाँ गीत रिलिज भएको छ। भर्खरै रिलिज “आकाशको जुन ” बोलको गीतले आँखा कान दुबैलाई आनन्द दिने गर्छ।

गीतमा पछिल्लो समयकी लोकप्रिय चर्चित गायक रविन गहतराज, शारदा रसाईलीको सुमधुर आवाज रहेको छ। प्रेमिला शब्दहरुले भरिएको गीतमा रविन गहतराजको शब्द अनि संगीत रहेको छ भने नारायण दंगालको एरेन्ज रहेको छ।

त्यसो त गीतको अडियो सुन्दा कानलाई जति आनन्द मिल्छ, त्यो भन्दा आनन्द भिडियो हेर्दा आँखालाई आउने गर्छ। किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक बनाइएको छ।

भिडियोमा रविन गहतराज, सुधा क्षेत्री  लगायत अन्य कलाकारहरु फिचर्ड छन् ।  निर्देशक मिलन श्रेष्ठको कथा र निर्देशन भिडियोमा रहेको छ ।

आकर्षक फ्रेममा सुनिल राउतले भिडियो खिच्ने काम गरेका हुन् । भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् ।गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ। गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ।

उक्त गीतको भिडियोMilan Films Production च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुस भिडियो……

प्रतिक्रिया
सम्बन्धित खवर