महामन्त्री ढकाललाई साधारण सदस्य नहरनेगरी हटाउन अनुशासन समितिको सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बसिरहको छ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा निलम्बित महामन्त्री मुकुल ढकालमाथि कारवाहीका लागि अनुशासन आयोगको प्रतिवेदनमाथि छलफल भइरहेको छ।

आयोगले ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ । यो प्रतिवेदनमा छलफल सकेर आजै निर्णय लिइनेछ।

अस्वाभाविक हर्कत र पार्टी हितविपरितको गतिविधि गरेको भन्दै गत बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो।

जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर