नेकपा एस महाधिवेशनः १२ समूहका सुझाव पेस हुँदै

नेकपा एकीकृत समाजवादीको जारी १०औँ राष्ट्रिय महाधिवेशनमा आज राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव पेस हुने भएको छ ।

१२ समूह बनाएर गरिएको छलफलबाट प्राप्त सुझाव बुधबारको बैठकमा पेस गर्ने कार्यसूची छ । सम्बन्धित समूहका टोली नेताले सुझाव प्रस्तुत गरेपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिनेछ । एक हजार आठ सय ४९ प्रतिनिधि सहभागी महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने कार्यक्रम छ ।

एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि प्रशिक्षण दिइएको छ । शीर्ष नेतृत्वमा सहमतिको प्रयास भए पनि अन्य पदाधिकारी र सदस्यको निर्वाचन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर