माधव नेपालले भने– पीएसम्मलाई फोन गरेँ, आलो घाउ पचाउन गाह्रो भएर ओली आएनन्

नेकपा एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नभएको विषयमा अध्यक्ष माधव नेपालले तीन वर्षको घाउ आलै होला भन्ने टिप्पणी गरेका छन् ।

सम्बोधनका क्रममा अध्यक्ष नेपालले भने, ‘तपाईंहरूलाई जिज्ञासा होला, एमालेबाट कोही किन आएन भन्ने । मैले दशौँपटक फोन गरेको छुँ । पीएहरूलाई पनि फोन गरेँ । फोन नलागेपछि एसएमएस पनि डिटेलमै पठाएँ । तर, तीन वर्षको आलै घाउ होला ।’

अध्यक्ष नेपालले यस्ता विषयमा घृणा गर्नुपर्ने केही नभएको बताएका छन् । उनले राजनीतिमा यस्ता विषय पचाउनुपर्ने समेत बताए । तर यस्तो भइरहे पनि यात्रा अगाडि बढिरहने उनको भनाइ छ । उनले राप्रपाबाट पनि कोही सहभागी नभएकोमा आश्चर्य व्यक्त गरे । आउँछु भनेर पनि राप्रपाबाट कोही नआएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर