मिस नेपाल २०२४ मा भोट गरेर आफुलाई जिताउन हेटौंडाकी रोशनी दाहालको आग्रह

काठमाडौं । मिस नेपाल २०२४ को दाबेदार प्रतियोगी बागमती प्रदेशको राजधानी हेटौंडाकी २४ वर्षीया रोशनी दाहालले आफूलाई भोटिङ गर्न सबैसँग आग्रह गरेकी छिन।

५ दशमलव ६ फिट अग्ली हाल हेटौंडामा कम्प्युटर एप्लिकेसनमा स्नातक गर्दै गरेकी दाहालले भोट अपिल गर्दै आफनो मिहिनेत सफल बनाउनको लागि भोट गर्न हुन समस्त नेपाली दाजुभाई, दिदी बहिनी, आमाबुबा शुभचिन्तक सबैलाई आग्रह गरेकी छिन।

मिस नेपाल उनको पहिलो सौन्दर्य प्रतियोगिता भए पनि उनि नयाँ चुनौतीलाई अँगाल्न आतुर भएको समेत बताएकी छिन ।उनी भन्छिन्,”मिस नेपाल मेरो पहिलो सौन्दर्य प्रतियोगिता भए पनि म यो नयाँ चुनौतीलाई अँगाल्न आतुर छु ।”  साथै उनि  युवाहरूलाई नेतृत्व, अनुभव र अवसरमा केन्द्रित गर्दै सेवा गतिविधिहरू मार्फत नेतृत्व गुणहरू विकास गर्न मद्दत गर्ने LEO क्लब हेटौंडासँग पनि आबद्ध छिन् ।

ब्याडमिन्टन, नृत्य तथा यात्रा गर्न रुचाउने दाहाललाई उनको भोटिङ कोड १८ मा MISS NEPAL APP, Khalti App लगायत माध्यम बाट भोट गर्न सकिनेछ ।

रोशनी दाहाल लाई कसरी भोट  गर्ने ?

प्रतिक्रिया
सम्बन्धित खवर