मोहन खड्काको ‘किन हो र’ मा कारुणिक प्रेम पीडा (भिडियो)

काठमाडौं । त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् । कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् ।

यसैबीच, कान र आँखालाई आनन्द दिने पछिल्लो समय धेरैको मन मुटुमा बसेका लोकप्रिय गायक, सर्जक तथा मोडल मोहन खड्का फिचरिङ म्युजिक भिडियो ‘किन हो र’ सार्वजानिक भएको छ ।

‘किन हो र’ बोलको म्युजिक भिडियो Minshu Entertainment युट्युब च्यानलबाट रिलिज भएको हो।गीतमा गायक अलिफ खान र दिक्षा रसाईलीको मनछुने आवाज छ। गीतको शब्द अनि संगीत नयन सोडारीले  तयार पारेका हुन् । वियोगान्त प्याटर्नमा आधारित रहेको गितलाई विष्णु तामाङले एरेन्ज गरेका हुन भने संकरा डिजीटल रेकर्डिङ स्टुडियोमा  रेकर्ड गरिएको हो ।

गीतको सुरुदेखि अन्तिमसम्मका शब्दहरूले प्रेम वियोगमा रहेका जोकोहीको मन छुने गर्छन् । यो गीत सुनिरहँदा प्रेम वियोगको पीडा सवैलाई बोध हुने गर्छ

त्यसो त, अडियो सुन्दा जति वियोगान्त लाग्छ, भिडियो हेर्दा झन् कारुणिक लाग्छ। मोहन खड्काको अभिनयले जो कोही दर्शकको ध्यान तान्छ।

भिडियोमा मोहन खड्काको अलवा आयुष्मा कार्की लगायत कलाकारहरु फिचर्ड छन् ।  निर्देशक समिर थोकरको कथा र निर्देशन भिडियोमा रहेको छ।

आकर्षक फ्रेममा सुशिल डांगीले भिडियो खिच्ने काम गरेका हुन् । भिडियोलाई उत्तम कुमार कार्कीले सम्पादन गरेका छन्। गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ। गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ।

हेर्नुस भिडियो……

प्रतिक्रिया
सम्बन्धित खवर