बलेफि-५ ज्यामिरे बेशीमा क्रियापुत्री भवन निर्माण हुने

नवराज नेपाल – बलेफि । सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ५, ज्यमिरे बेशीमा क्रियापुत्री आवासीय भवन निर्माण हुने भएको छ ।

क्रियापुत्री आवासीय भवन निर्माणका लागि आर्थिक वर्ष  २०८१/०८२ काे संघिय बजेटबाट ३० लाख बजेट प्राप्त भएको छ । उक्त भवन निर्माणको लागि ५ न वडा अध्यक्ष यादब ठकुरीको अनुरोधमा शिव प्रसाद पौडेलको विशेष पहलमा ३० लाख बजेट विनियोजन भएको हो।

पौडेलको विशेष पहलमा यस भन्दा अगाडि पनि भन्ज्याङ माझगाउँ देउराली सडक मा २० लाख र छ्याङ्छ्याङ्गे माझगाउँ खाल्डे ज्यामिरे बेसि खानेपानी लाई ८ आठ लाख बिनियोजन भएको थियो !

क्रियापुत्रीलाई बसोबासका लागि सहज होस् भन्ने उद्देश्यले भवन निर्माण गर्न लागिएको वडा अध्यक्ष यादब ठकुरी बताउनुभयो ।यस क्षेत्रमा क्रियापुत्रीका लागि छुट्टै भवन नहुँदा काजक्रिया गर्न समस्या परेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर