‘पानी खोलाको’ डिजिटल बजारमा

काठमाडौं÷नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा मौलिकताको अभाव भइ रहेका बेला लोकप्रिय सर्जक समिर आचार्यको मौलिक गीत ‘पानी खोलाको’ बजारमा आएको छ

अन्जानमा भेटिएको मान्छेसँग मायाको जाल हानेर पिरतीको भाव व्यक्त गर्दै तयार भएको उक्त गीतमा बेद आचार्य र निर्मला भण्डारीको आवाज रहेको छ भने लय समिर आचार्य र शव्द भानुभक्त कटुवालले लेखेका हुन् ।

संगीत संयोजन कार्साङ्ग लामाको रहेको यो गीत पारिजात नेपाल रेकडिङ्ग स्टुडियोमा कार्साङ लामाले रेकर्ड तथा अडियो सम्पादन गरेका हुन । मिलन श्रेष्ठको भिडियो निर्देशनमा तयार भएको यो गीतमा बेद आचार्य, प्रकास सोनी, रिना गुरुङ्ग र कल्पना खड्काको अभिनय रहेको छ ।

विशाल गोङ्गवाको छांयाकन, कविता तोलाङ्गीको श्रृगार र रोशन धितालको भिडियो सम्पादन रहेको यो गीत समिर आचार्य अफिसियल युट्युव च्यानलबाट बजारमा आएको हो । हेर्नुहोस भिडियो

प्रतिक्रिया
सम्बन्धित खवर