मेन्छियाम हाइड्रोपावरको आइपिओ बाँडफाँट

मेन्छियाम हाइड्रोपावरको आइपिओ बाँडफाँट भएको छ।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेको हो।

एनआइसी एशिया क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा निष्कासन गरिएको उक्त आइपिओ आज बाँडफाँट भएको हो।

उक्त आइपिओमा रितपूर्वक १६ हजार ८०७ जना आवेदकहरूबाट ४ लाख ३७ हजार ९१० कित्ता सेयरका लागि आवेदन प्राप्त भएकोमा गोलाप्रथाको माध्यमबाट १० कित्तादेखि एक हजार कित्ता सेयर माग गर्ने १० हजार ८५१ जना आवेदनकर्ता छनौट गरी १० कित्ताको दरले १ लाख ८ हजार ५१० कित्ता सेर बाँडफाँड गरिएको हो।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूलाई छुट्याइएको साधारण सेयर फागुन १० गतेदेखि फागुन २५ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो।

कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुबाट नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्र अनुसार १ लाख ८ हजार ५१७ कित्ता सेयरको लागि आवेदन खुला गरिएकोमा १८ हजार १०७ जना आवेदकहरूबाट ४ लाख ९९ हजार ७५० कित्ता सेयरको लागि आवेदन प्राप्त भएको थियो।

जसमध्ये एक हजार २९६ जना आवेदकहरूबाट प्राप्त ६१ हजार ६७० कित्ता सेयरको लागि आवेदन रद्द गरे पश्चात बाँकी रहेको १६ हजार ८११ जना आवेदकहरूको ४ लाख ३८ हजार ८० कित्ता सेयरको लागि अन्तिम आवेदन प्राप्त भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर