उपराष्ट्रपति यादवले भोलि शपथ लिदै

काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार शपथ लिने भएका छन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यादवलाई शपथ गराउने भएका हुन् ।

यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले आज दिउँसो ४ बजे उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर