नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १२ हजार बढीले घटेको सुनको मूल्य आज २ हजार ८०० रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।













