नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहको नेचर नै लोकतान्त्रिक नभएको आरोप लगाएका छन्। राष्ट्रिय भेलाको बारेमा जानकारी गराउन पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री बालेनको कार्यशैली अलोकतान्त्रिक र स्वेच्छाचारी रहेको उल्लेख ग। उनले रास्वपाकै नेताहरुसँग संवाद हुन छोडेको टिप्पणी गरेका हुन्।
‘जहाँसम्म प्रधानमन्त्रीले राजनीतिक दलहरुसँग संवाद गर्ने कुरा त उहाँको त नेचर लोकतान्त्रिक छैन त के संवाद गर्नू ?’ पत्रकारको प्रश्नमा उनले भने,‘आफ्नै पार्टीसँग त संवाद गर्न छोडिसक्नुभयो। प्रतिपक्षसँग संवाद गर्ने भन्ने कुरा अपेक्षा नै हामी गर्दैनौं। उहाँको कार्यशैली नै अलोकतान्त्रिक छ, स्वेच्छाचारी छ, अधिनायकवादी छ। त्यसलाई सच्याउनुहोस् भन्ने हाम्रो आग्रह हो।’













