स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ४० रुपैयाँ बढेर चार हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








