नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले घटेको हो। मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६५० रुपैयाँ कायम भएको छ। हिजो (बुधबार) चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँमा खरिदबिक्री भएको थियो।









