बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८३ हजार २ सय रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ ७ हजार ३ सय रुपैयाँ घटेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३२० रुपैयाँ रहेको चाँदी आज ४ हजार ३१० रुपैयाँ कायम भएको छ ।









