पहिरोले खसेर अवरुद्ध बनेको मुग्लिन-नारायणगढ सडकमा सवारी सञ्चालनमा आएको छ ।
पहिरोले अवरुद्ध भएको साढे ४ घण्टापछि सडक दुईतर्फ नै सञ्चालनमा आएको हो ।आज बिहान करिब पौने ९ बजेतिर पहिरो खसेको थियो ।

सडक डिभिजन भरतपुरकाअनुसार पहिरोका कारण दुईतर्फी नै ठप्प बनेको उक्त सडक खण्डमा ३ वटा मेसिन (स्काभेटर/डोजर) प्रयोग गरीदुईतर्फी रूपमा सवारी साधन सञ्चालनमा ल्याइएको हो ।








