नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको हो।
आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । चाँदीको मूल्य अघिल्लो दिन ४ हजार ३२० रुपैयाँ रहेकोमा आज ४ हजार ३७० रुपैयाँ कायम भएको छ ।









