प्रधानमन्त्री बालेन शाहले शेयर बजारका सरोकारवाला निकाय र लगानीकर्ताहरुसंग छलफल गरेपछि सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ४१.७० अंकले बढेर २ हजार ७ सय १९ दशमलब २४ विन्दुमा बन्द भएको हो ।
आजको कारोबारमा २३९ कम्पनीको शेयरमूल्य बढ्दा ३२ वटाको घटेको छ । बाँकी ५ वटाको शेयरमूल्य भने स्थिर रहेको छ ।









