सोमबार सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ तथा चाँदी ८० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ तोकेको छ । चाँदीको मूल्य अघिल्लो दिन ४ हजार २४० रुपैयाँ रहेकोमा आज ४ हजार ३२० रुपैयाँ कायम भएको छ ।









