काठमाडौं । गायिका रेनुका खतिवडा र गायक घमेश दुलाल को सुमधुर स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत ‘बैगुनीले बिर्सियौ गुन लाको’ सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ चर्चा बटुल्न थालेको छ।
गीतमा अशोक सापकोटा को शब्द तथा रेनुका खतिवडा को संगीत रहेको छ भने संगीत संयोजन सुफिक्स मदनले गरेका छन्। प्रेम, विश्वास र भावनात्मक सम्बन्धको कथा बोकेको गीतले छोटो समयमै सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

गीतको म्युजिक भिडियोमा प्रतीक्षा खड्का र शिराज वाइबा को जीवन्त अभिनय देख्न सकिन्छ। भिडियोको कथा तथा निर्देशन इन्दु दनुवार (आईकेडी) ले गरेका हुन्।त्यसैगरी, भिडियोको छायांकन चन्द्रमान डोङ्गोल, सुरेश देशार र सन्तोष तिमल्सिना ले गरेका छन् भने सम्पादन तथा रङ संयोजन अनिलकुमार महर्जन ले गरेका छन्।
सशक्त शब्द, मिठो संगीत, उत्कृष्ट गायन र आकर्षक दृश्य प्रस्तुतिका कारण ‘बैगुनीले बिर्सियौ गुन लाको’ ले नेपाली लोकसंगीतप्रेमी दर्शक तथा श्रोताको मन जित्दै लोकप्रियता बटुलिरहेको छ।








