शेयरबजार परिसूचक नेप्से आज पनि घटेको छ । यस साताको सुरुवाती दिनदेखि नै निरन्तर ओरालो लागिरहेको नेप्से परिसूचक आज पनि ८.५० अंकले घट्दै २ हजार ६५१.५२ विन्दुमा झरेको हो ।
आज सूचकसँगै कारोबार रकममा समेत गिरावट आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । साढे ८ अंकले सूचक घटेको बजारमा आज २ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ बराबरको ६४ करोड ८० लाख कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको छ ।

यस दिन म्यानु एण्ड प्रोबाहेक अरु १२ वटा उपसूचक ऋणात्मक भएका छन् । ८३ कम्पनीको शेयर मूल्य बढ्दा १७२ कम्पनीको मूल्य घटेका छन् ।








