सिन्धुपाल्चोक — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक जिल्ला अधिवेशन जिल्ला सभापति पदमा सहमति जुट्न नसकेपछि स्थगित गरिएको छ।
जिल्ला सभापति पदका लागि पाँच जना आकांक्षी उम्मेदवारहरू मैदानमा उत्रिएपछि सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेको हो। सभापति पदका आकांक्षीहरूमा दिलराम श्रेष्ठ, चक्रपाणि सिग्देल, पासाङ तामाङ, कुमार श्रेष्ठ र जेपी सिलवाल रहेका छन्।

अधिवेशनमा सहभागी प्रतिनिधिहरू तथा नेताहरूले सर्वसम्मत नेतृत्व चयनका लागि विभिन्न चरणमा छलफल र समन्वयको प्रयास गरे पनि अन्तिम सहमति कायम हुन सकेन। सहमति जुटाउने प्रयासलाई निरन्तरता दिने उद्देश्यले अधिवेशन हालका लागि स्थगित गरिएको जनाइएको छ








