नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको हो ।
सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५८३ रुपैयाँ तोकिएको छ।








