धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै पाँच अंकले बढेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ९९ अंकले बढेर दुई हजार ७८२ दशमलव १० मा पुगेको छ ।
नेप्सेका अनुसार, कूल ३५४ कम्पनीको एक करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयर रु छ अर्ब तीन करोड ६४ हजार ८४० मूल्यमा खरिद बिक्री भएको छ ।

कालीञ्चोक हाइड्रोपावर, बुङ्गल हाइड्रो, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, आँखु खोला जलविद्युत् कम्पनी र माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।








