आइतबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा २ हजार ८ सय रुपैयाँ र चाँदी १०५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ तोकेको छ ।आज चाँदी १०५ रुपैयाँ घटेसँगै प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ ।









