मंगलबार शेयरबजार परिसूचक नेप्सेमा २६ अंकमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २६.१६ अंकले घट्दै २ हजार ७७०.२६ बिन्दुमा ओर्लिएको हो ।
तथापि, आज ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरको १ करोड ४० लाख १८ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको नेप्सेले जनाएको छ । आज अन्य समूहको उपसूचकबाहेक बाँकी १२ वटा उपसूचक ऋणात्मक भएका छन्














