सिन्धुपाल्चोक, बलेफी–१ स्थित जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा महिला सशक्तीकरण तथा बालिका उत्थान समाजकी केन्द्रीय अध्यक्ष सरोजा श्रेष्ठज्यूद्वारा निरीक्षण भ्रमण गर्नु भएको छ।
निरीक्षणका क्रममा अध्यक्ष श्रेष्ठले स्वास्थ्य केन्द्रको समग्र अवस्था, सेवा प्रवाह र भौतिक संरचनाबारे जानकारी लिएकी थिइन्। भ्रमणका क्रममा उनले पहिरोका कारण प्रभावित नयाँ अस्पताल भवनप्रति विशेष चिन्ता व्यक्त गर्दै यसको दिगो समाधान आवश्यक रहेको उल्लेख गरिन्।

साथै स्वास्थ्य उपकरणको अभाव, चिकित्सकको कमी तथा आवश्यक सेवा–सुविधामा देखिएका समस्या पनि औंल्याइन्। अध्यक्ष श्रेष्ठले यी समस्याहरूलाई स्थानीय सरकार, प्रदेश सरकार तथा सम्बन्धित मन्त्रालय तहमा उठाएर समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले स्वास्थ्य सेवा सुदृढीकरणका लागि सबै पक्षको समन्वय आवश्यक रहेको समेत बताइन्।













