नेपाल—चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने छ अर्ब राजस्व संकलन गरेको जनाएको छ । गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कार्यालयले यही चैत ७ गतेसम्म पाँच अर्ब ७१ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
कार्यालयका प्रमुख रमेश खड्काले उक्त अवधिमा नाकाबाट १२ अर्ब १७ करोड रुपैइाँ मूल्य बराबरको मालवस्तु आयात भएको छ भने २० करोड ३० लाख रुपैयाँ मूल्य बराबरको मालवस्तु चीनतर्फ निर्यात भएको हो ।







