नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ बढेको छ।शुक्रबार प्रतितोला चार हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन हजार पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १६ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
चाँदी आइतबार पाँच हजार चार ७५ रूपैयाँमा कारोबार भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













