साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ।नेप्से ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा बन्द भएको हो। बिहीबार नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
अघिल्लो कारोबार दिन ८ अर्ब ९२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ९ अर्ब सात करोड रूपैयाँ पुगेको छ।

यसदिन ३३२ वटा धितोपत्रको एक करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १६२ कम्पनीको सेयरमूल्य बढेको छ भने ८८ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्।













