बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ।नेप्से १.५२ अंकले बढेर २६४१.४३ विन्दुमा बन्द भएको हो। बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।अघिल्लो कारोबार दिन ६ अर्ब ९९ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम घटेर ६ अर्ब २० करोड रूपैयाँमा सीमित भएको छ।
यसदिन ३२० वटा धितोपत्रको एक करोड २५ लाख चार हजार ९७० कित्ता सेयर किनबेच भएको हो।बुधबार १२५ कम्पनीको सेयरमूल्य बढेको छ भने १२४ वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्।














