नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रूपैयाँ पुगेको छ।
आइतबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। चाँदी आइतबार चार हजार नौ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय १० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार पाँच सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।













