नेपाली लोक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा मौलिक पहिचान बनाउँदै आएका गायक तथा सर्जक प्रकाश पुरी नयाँ गीत “चोट” लिएर पुनः दर्शकश्रोतामाझ उपस्थित भएका छन्। सिन्धुपाल्चोकलाई स्थायी घर बनाएका पुरीका यसअघिका दर्जनौँ सिर्जनाहरू आज पनि लोकसंगीतप्रेमीहरूको रोजाइमा छन्।
मौलिकता र संस्कृतिप्रतिको जिम्मेवारीलाई सधैं प्राथमिकतामा राख्ने पुरी व्यवसायिकताका नाममा हुने विकृतिको विपक्षमा उभिँदै आएका कलाकारका रूपमा चिनिन्छन्। यही कारण उनी लोक तथा दोहोरी संगीतमार्फत सिन्धुपाल्चोक जिल्लाकै शान बनेका छन्।

नयाँ सार्वजनिक गीत “चोट” मा शब्द देव पुरीको रहेको छ भने लय सुफिक्स मदनले तयार पारेका हुन्। गीतमा प्रकाश पुरीसँगै गंगा सोनामको सुमधुर स्वर सुन्न सकिन्छ।
शुभ साइत म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा ओबी रायमाझी, ममता चन्द क्षेत्री र दिक्षा घिमिरेको सशक्त अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन सुनिल भण्डारी र सम्पादन राजकुमार मगार्लेले गरेका छन्।
गीत सार्वजनिक गर्दै पुरीले आफ्ना अघिल्ला सिर्जनाहरू जस्तै “चोट” पनि दर्शक–श्रोताले मन पराइदिने विश्वास व्यक्त गरेका छन्।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्।













