पाली बजारमा आज (मंगलबार) पनि सुन–चाँदीको मूल्य बढेको छ।सोमबार प्रतितोला चार हजार ६ सय रूपैयाँ र मंगलबार तीन हजार एक सय रूपैयाँ गरी दुई दिनमा सुनको भाउ प्रतितोला सात हजार सात सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी मंगलबार चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ९५ रूपैयाँ बढेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













