सोमबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।नेप्से २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा बन्द भएको हो। सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
अघिल्लो कारोबार दिन पाँच अर्ब एक करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ६ अर्ब ४७ करोड रूपैयाँ पुगेको छ।

यसदिन ३३५ वटा धितोपत्रको एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर किनबेच भएको हो।सोमबार २१४ कम्पनीको सेयरमूल्य बढेको छ भने ३७ वटाको घटेको छ। यस्तै, आठ कम्पनी स्थिर छन्।













