साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक १०.२९ अंकले घटेको छ।नेप्से ०.३९ प्रतिशतले घटेर २६१०.६३ विन्दुमा बन्द भएको हो। आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
अघिल्लो कारोबार दिन चार अर्ब ७१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर पाँच अर्ब एक करोड रूपैयाँ पुगेको छ।यसदिन ३२३ वटा धितोपत्रको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता सेयर किनबेच भएको हो।

आइतबार ७९ कम्पनीको सेयरमूल्य बढेको छ भने १७१ वटाको घटेको छ। यस्तै, नौ कम्पनी स्थिर छन्।













