नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ मंगलबार भने प्रतितोला सात हजार नौ सय रूपैयाँ घटेको हो।आज सुन प्रतितोला दुई लाख ६२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदीको मूल्य पनि घटेको छ।चाँदी मंगलबार चार हजार पाँच सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय पाँच रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













