आइतबार नेप्से ४७.५५ अंकले बढेको छ।नेप्से ०.८३ प्रतिशतले बढेर २६३३.४२ विन्दुमा बन्द भएको हो। आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार तीन अर्ब २२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर पाँच अर्ब ५३ करोड रूपैयाँ पुगेको छ।यसदिन ३२८ वटा धितोपत्रको एक करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर किनबेच भएको हो।

आइतबार २३८ कम्पनीको सेयरमूल्य बढेको छ भने २१ वटाको घटेको छ।













