बुधबार नेप्से परिसूचक १.३७ अंकले बढेको छ।नेप्से ०.०५ प्रतिशतले बढेर २५८५.८७ विन्दुमा बन्द भएको छ। बुधबार नेप्से परिसूचक बढेपनि कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
मंगलबार चार अर्ब ४२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर तीन अर्ब २२ करोड रूपैयाँ पुगेको छ।

यस दिन ३३४ वटा धितोपत्रको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर किनबेच भएको हो।
आज १११ कम्पनीको सेयरमूल्य बढेको छ भने १४२ वटाको घटेको छ। यस्तै ७ कम्पनी स्थिर छन्।













