लगातार दुई दिन घटेको शेयर परिसूचक नेप्से तेस्रो दिनमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३.२७ अंकले बढ्दै २ हजार ५८४.४९ अंकमा उक्लिएको हो ।
तथापि, अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भनेको केही घटेको छ । आज ३ अंकमाथिले नेप्से बढ्दा ३ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ बराबरको ७६ लाख ६८ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज १३४ कम्पनीको शेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ ।













